राष्ट्रियसभा अध्यक्षसहितको ८ सदस्यीय टोली रुस प्रस्थान, उच्चस्तरीय भेटघाट हुने

राष्ट्रियसभा अध्यक्षसहितको ८ सदस्यीय टोली रुस प्रस्थान, उच्चस्तरीय भेटघाट हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधिमण्डल रुस प्रस्थान गरेको छ ।

बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल, पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो ।

उक्त भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका सांसदबीच सम्झौता हुने जनाइएको छ । त्यस्तै भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको टोली वैशाख १२ गते स्वदेश फर्किने छ ।