काठमाण्डु – नेकपा एमालेकी सांसद गंगा चौधरीले जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई फसाइएको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले रेशम चौधरीलाई राजनीतिक कारणले फसाइएको बताइन् ।
‘दुनियाँको नजरमा रेशम चौधरी अपराधी हुन भन्ने भ्रम परेको छ । अपराधिको पक्षमा गंगा चौधरीले आवाज उठाइन् भन्ने लाग्न सक्छ । तर, म दाबाका साथ भन्छु रेशम चौधरीसहित ५८ जना निर्दोष छन्’, उनले भनिन्, ‘घटना घटेको दिन रेशम चौधरी टिकापुरमा थिएनन् बर्दियामा थिए । राजनीतिक कारणले उनलाई फसाइएको हो । टिकापुर घटना राजनीतिक कारणले घटाइएको थियो । राजनीतिक कारणले उनी फसाइएको हुन् ।’
सांसद चौधरीले रेशम निर्दोष हुन भन्ने प्रमाण गत निर्वाचनमा ल्याएको मत काफी हुने पनि बताएकी छन् ।




प्रतिक्रिया