प्रचण्डको सचिवालयले भन्योः कर्णालीको अराजनीतिक गतिविधि असफल भयो

प्रचण्डको सचिवालयले भन्योः कर्णालीको अराजनीतिक गतिविधि असफल भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भएको बताएको छ ।

सचिवालय सदस्य गंगा दाहालले सामाजिक सञ्जालमार्फत नेकपा कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भएको प्रतिक्रिया दिएकी हुन् ।

‘कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्ततः असफल भएको छ । पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भुमिका खेल्नुहुने सम्पुर्ण कमरेडहरुलाई बधाई छ’, उनले भनेकी छन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन कर्णालीका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । केही दिन चर्किएको नेकपा कर्णालीको विवाद केन्द्रसँगको समन्वयमा साम्य भएको हो ।