प्रचण्ड पुत्री भन्छिन्ः केपी ओलीको चाहना पुरा भयो

प्रचण्ड पुत्री भन्छिन्ः केपी ओलीको चाहना पुरा भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुष्पकमल दाहाल प्रचण्डपुत्री गंगा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना पूरा भएको बताएकी छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत दाहालले सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी खारेको गरेकाले प्रधानमन्त्री ओलीको चाहना पूरा भएको बताएकी हुन् ।

उनले पार्टी विभाजन भएको खुशीयालीमा ओली पक्षधरहरुले देशभर हर्सोल्लाह मनाइरहेको बताइन् । दाहाले प्रधानमन्त्री हुनका लागि मात्र पार्टी एकताको नाटक रचिएको बताएकी छन्।

‘अन्ततः केपी ओलीको चाहना पुरा भएको छ, आज पार्टी बिभाजन भएको खुशीयालीमा देशभर हर्सोल्लास मनाईरहेका छन् ,आज पुष्टी नै भएको छ कि प्रधानमन्त्री हुन कै लागि मात्र पार्टी एकताको नाटक रचिएको रहेछ नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छ’, उनले भनेकी छन् ।