काठमाण्डु – नेकपा एमालेकी सांसद गंगा चौधरीले आफुलाई पार्टीको निर्णयविरुद्ध लाग्न आफुलाई प्रलोभनमा पार्न खोजेको बताएकी छन् । शनिबार सामाजिक सञ्जालमार्फत सांसद चौधरीले आफूलाई एमालेको आधिकारिक निर्णयको विपक्षमा उभिन प्रलोभनमा पार्ने प्रयास भइरहेको दावी गरेकी हुन् ।
उनले पार्टीलाई जेठ २ मा फर्काउने लगायतका सबै माग पूरा भइसक्दा पनि बैठक बहिस्कार गर्ने र विपक्षीसँग अनैतिक साँठगाँठ गरेर आफ्नै सरकार ढालेको भन्दै माधव नेपाल पक्षको आलोचना समेत गरेकी छन् ।
‘अहिले केही मित्रहरुले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरिरहनु भएको छ । कृपया दुःख नगर्नु होला मित्रहरु । म कुन पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनै पनि गतिविधिमा लाग्ने छैन,’ उनले भनेकी छन् ।उनले पार्टीले जे निर्णय गर्छ त्यसको अक्षरशः पालना गर्ने बताएकी छन् ।




प्रतिक्रिया