काठमाडौं – राजधानीको नयाँ बसपार्कस्थित शुभकलस गेस्ट हाउसमा एक युवा मृत फेला परेका छन् ।
मंगलबार राति गेस्ट हाउसमा प्रमिकासँग बसेका काभ्रे मनमदेउपुर नगरपालिका–३ का २६ वर्षीय प्रमोद गुरूङ मृत फेला परेका हुन् ।
बुधबार बिहान युवतीले गेस्ट हाउस सञ्चालकलाई गुरूङको मृत्यु भएको बताएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ ।
प्रहरीले ती युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।
‘कोठामा भीयग्रा, गाँजा, ट्याबलेट तथा बियरका बोत्तलहरु फेला परेका छन्,’ उनले भने । मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया