सिमरामा ग्यास सिलिण्डर पड्कियो, सात जना घाइते

सिमरामा ग्यास सिलिण्डर पड्कियो, सात जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – बाराको जितपुरसिमरा डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका चार र अन्य तीन जना घाइते भएका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका–१४ की स्थानीय सुकुमाया ब्लोनको घरमा ग्यासको सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भई सिलिण्डर पड्किएको थियो ।

घाइते हुनेमा नजरमान थिङ्ग, बौद्धमान थिङ्ग, अनिता थिङ्ग, दिलमाया वाईवा, सुनमाया ब्लोन र कमली माया रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

घाइते सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भइरहकेको छ । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।