गरिमा विकास बैंकद्वारा रेडक्रसलाई आइस बक्स हस्तान्तरण

गरिमा विकास बैंकद्वारा रेडक्रसलाई आइस बक्स हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटीलाई आइस ब्याग हस्तान्तरण गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई आज एक कार्यक्रमका बिच संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले उक्त इग्लोबक्स (आइस ब्याग) हस्तान्तरण गरे ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री श्री धर्मराज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।