काठमाडाैं—उपचार खर्चमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच सम्झौँता भएको छ । गरिमा विकास बैंक र बुढीगगा गाउँपालिका २, गगाचोक स्थित बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच सम्झौतापत्रमा बिहिबार हस्ताक्षर भएको हो ।
गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बीच सम्झौता सम्पन्न भएको छ ।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र अस्पताल अध्यक्ष डा. ज्ञनेन्द्र मान सिंह कार्कील सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
काठमाडाैं लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका देशभर ८० शाखा र ३५ वटा एटीएम संचालनमा छन् ।




प्रतिक्रिया