गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९ औं वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।