काठमाडौं – गरिमाविकास बैंक लिमिटेडका ग्राहकहरुलाई बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बीचसम्झौता सम्पन्न भएको छ ।
मिति २०७६ भाद्र १२ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल को तर्फबाट अस्पताल अध्यक्ष डा. ज्ञनेन्द्र मान सिंह कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचार गराउदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका देशभर ८० शाखा र ३५ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशकाविभिन्न १५ स्थानमाशाखाकार्यालय स्थापना गर्दैछ ।




प्रतिक्रिया