टीकापुर– चुनाव आउन ३ दिन मात्र बाँकी रहँदा कैलाली क्षेत्र नम्बर १ मा वाम गठबन्धन बलियो बन्दै गएको छ।
मौन अबधि सकिन १२ घण्टा अगाडिी एमाले पार्टी कार्यालयमा थारु समुदायका चर्चित नायक किरण चौधरी सहित करिब ५० थारु युवायुवती एमालेमा प्रवेश गरेका छन्।
उनीहरुलाई एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार गरिमा शाहले टीका लगाई पार्टी प्रवेश गराएकी हुन्।
करिब १२ थारु भाषा कथानक चलचित्रमा अभिनय गरिसकेका चौधरीले नेपाली लोक तथा आधुनिक गितमा समेत अभिनय गरिसकेका छन्।
‘जीवनमा राजनिति गर्ने धोको थियो आज एमालेबाट राजनिति गर्न उपयुक्त ठानें र एमालेमा प्रवेश गरेको छुँ, ’चौधरीले भने।
पार्टी प्रवेश गर्नेहरुमा प्राध्यापन पेशामा संलग्न राजेन्द्रकुमार चौधरी, टीकापुर ९ का समाजसेवी आशाराम चौधरी, स्थानीय बडघर राजाराम चौधरी लगायत रहेका छन्।
यस्तै १७ गते मात्रै प्रगतिशिल लोकतान्त्रिक गठबन्धन कैलाली १ प्रदेश २ का उम्मेद्धार तिलक श्रेष्ठले वाम गठबन्धनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगन गरेका थिए।
नयाँ शक्ति पार्टीका केन्द्रिय सचिवालय सदस्य डा।जनकराज शाह र सो पार्टीमा आवद्ध टीकापुरका बुद्धिजिवी दामोदर पण्डितले कैलालीमा वाम वठबन्धनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट टीकापुर नपा वडा नं ३ का निर्वाचित वडा सदस्य भागिदेवी कामी समेत एमालेमा प्रवेश गरेका छन्। ‘पार्टी काँग्रेससँग एकिकरण भएपछि मैले चित्त नबुझेर एमालेमा प्रवेश गरेकी छुँ,’ वडा सदस्य कामीले भने।
निर्वाचन कै केहीदिन अघी नयाँ शक्तिका नेता धुर्व खत्री समेत एमाले प्रवेश गरेका थिए। उनी टीकापुर उद्योग वाणिज्य संघको पूर्व महासचिव समेत हुन्।
यस्तै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका टीकापुर नगर अध्यक्ष रामबहादुर सोडारी र नगर सचिव तपेन्द्र रावल समेत एमाले प्रवेश गरेका छन्।




प्रतिक्रिया