गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द

गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–केही दिनयता गर्मी अत्यधिक बढे पछि जनजीवन नै अस्तव्यस्त हुन थालेको छ ।

गर्मी अत्याधिक बढेपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले जेठ १६ गतेदेखि जेठ १८ गते शुक्रबारसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मंगलबार जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले बुधबारदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । पर्सा ,बारालगायत मध्यतराईका जिल्लामा पछिल्लो दुई सातायता गर्मी अत्याधिक बढिरहेको छ ।

यस्तै, चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

यता, अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताए । अभियान अब जेठ २० गतेदेखि पुनः सञ्चालन हुने पनि उनले जानकारी दिए ।