गर्मीमा पसिना गन्हाउँने समस्या कसरी कम गर्ने ?

गर्मीमा पसिना गन्हाउँने समस्या कसरी कम गर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शरीरबाट पसिना निस्कनु स्वाभाविक प्रक्रिया हो। यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ र स्वच्छ वायु शरीरमा पुर्याउँने काम गर्छ ।

शरीरबाट पसिना निस्केन या कुनै कारणबस पसिना भित्रै रोकिन गयो भने थुप्रै प्रकारका रोग उत्पन्न हुनसक्छ। अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि पसिना निस्कन दिनुपर्छ।

शरीरमा पसिना आउनुका विभिन्न कारण छन्। वंशाणुगत कारणले पनि बढी पसिना आउन सक्छ।

गर्मीमा धेरै शारीरिक श्रम गर्नु, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्नु, तेलयुक्त र मसलादार खाना नियमित खानु तथा कब्जियतका कारण पनि पसिना बढी आउँछ।

यसबाहेक कुनै शारीरिक रोग, जस्तै– मलेरिया, टाइफाइड, डेंगु ज्वरो, छातीको टिबी, रगत दूषित हुनु, एनिमिया, मानसिक तनाव, चिन्ता, भय, आघात र कडा ज्वरोका कारण पनि बढी पसिना आउँछ। अन्य कारणमा तातो पेय पदार्थ पिउन खैनी, गुट्खा तथा नशालु पदार्थको सेवन गर्नाले पनि पसिना आउँछ।

अधिक मोटो हुनु तथा थायराइड ग्रन्थी शरीरको इम्युनोसिस्टमका कारण बढी सक्रिय भयो भने पनि धैरै पसिना आउँछ।

गर्मीका कारण नजानिँदो तवरले शरीरबाट पसिनाका साथसाथै जल र लवण पदार्थ नष्ट हुनाले आलस्यका साथै थकान महसुस हुन्छ । कसै–कसैलाई त्यही कारणले गर्दा आधा टाउको दुख्ने (माइग्रेन) पनि हुन्छ ।

गर्मी याममा स्वतः तापक्रम बढ्ने गर्छ । यो समयमा सामान्य हिडडुल मात्र गर्दा पनि शरीरबाट पसिना निस्कन्छ ।

गर्मी मौसममा पसिना गनाउने समस्या धेरै मानिसहरूमा देखिन्छ।धेरै मानिसको चिन्ताको बिषय पनि हो ।पसिना गनउने समस्या बढि गर्मि मौसममा देखिन्छ। पसिना आउदा शरीर गनाँउने समस्या मात्र नभई यसले हाम्रो शरीरलाई असर पनि गर्छ। पसिनाका कारण ऐक्सेसिम स्वेटिङ नामक रोग लाग्न सक्छ।गर्मी मौसममा चर्को घामका कारण हामीलाई छालाजन्य विभिन्न रोग पनि लाग्ने गर्छन्।

घाम चर्किएको बेला बाहिर ननिस्किने, दौडधुप र व्यायाम कम गर्ने, शीतलमा बस्ने, नियमित नुहाउने, पानी प्रशस्त खाने गर्नुपर्छ।

हरियो सागसब्जीका साथै दही, मोही तथा सिजनअनुसारको पानीयुक्त फलफूल बढीमात्रामा खाने, नरिवल पानी पिउने, चियाकफी, बरफ सकेसम्म नखाने, राति अबेरसम्म नबस्ने, धैरेबेर भोको नरहने, बढी मसलादार भोजन नगर्ने, खानामा लसुनको प्रयोग कम गर्ने, अदुवा र प्याजको मात्रा बढायो भने पसिना कम आउँछ।

पसिना गनाउने समस्यावाट छुटकारा पाउने केही उपायहरु

१ पसिनाको गन्धबाट मुक्ति पाउन बास्नादार परफ्युम तथा बडीस्प्रेको प्रयोग गर्ने

२ नुहाउने पानीमा कागती वा डिटोलको प्रयोग गर्ने

३ नुहाउँदा सादा फिटकिरीले काखीमुनि केही समयसम्म रगड्ने । गर्मी मौसममा दिनको दुई पटकसम्म गुणस्तर र वास्नायुक्त साबुन प्रयोग गरेर नुहाउने

४नुहाउने पानीमा निमको पात उमालेको पानी मिसाएर नुहाउने

५ जुत्ता लगाउनुअघि पाउडर हाले पसिना आउँदैन

६ लुगा खोल्नासाथ पट्याएर नराख्ने, किनकि पसिना गुम्सिएर गन्हाउन सक्छ

७ अनुहारमा मलमलको कपडामा आइसका केही टुक्रा राखी हल्कासँग रगड्ने, जसले मेकअप र अनुहारलाई कुल राख्न मद्दत गदर्छ ।

८ निमयुक्त साबुन र बडीवासको प्रयोग गर्ने