काठमाण्डु– अहिले देशैभरको तापक्रम बढेको छ । गर्मी बढेसँगै शरीरमा आलस्य थकान पनि बढ्छ । र्मी मौसममा देखिने मौसमको परिवर्तनले शारीरिक असन्तुलन पैदा हुन्छ । जसले जीउ सुन्निने, दिक्दारी हुने, विभिन्न संक्रमण हुनुका साथै बढी रिस उठ्नेजस्ता समस्या देखिन्छन् ।
गर्मी मौसममा मानिसको शरीरको आन्तरिक ताप पनि बढिरहेको हुन्छ । यो समयमा खाना पचाउने क्षमता पनि कम हुन्छ । त्यसैले हल्का र शरीरलाई चिसो राख्ने खानेकुरा खानुपर्छ ।
गर्मीयाममा शरीरलाई सन्तुलनमा राख्न स्वस्थकर र सही खानेकुराको छनोट नै हो ।
गर्मी मौसममा धेरै प्रकारका तरकारीहरू पाइन्छन् । केही त्यस्ता तरकारीहरू पनि छन्, जसलाई गर्मी मौसममा नखानु नै स्वस्थकर मानिन्छ । ति तरकारीहरू जाडो महिनामा जति फलदायी हुन्छन् गर्मीमा त्यसले डबल बेफाइदा गराउँछन् ।
जानौँ गर्मीमा खान नहुने तरकारीका बारेमा
लसुन
लसुनले शरीरमा ताप उत्पन्न गराउँछ अथात् प्याज लसुन तातो प्रकृतिको तरकारीमा पर्छन् । गर्मीमा यो तरकारी धेरै प्रयोग गर्नु उपयुक्त नहुन सक्छ। गर्मी मौसममा लसुन धेरै खाँदा शरीरमा गर्मी बढ्छ । जस कारण शरीरको तापक्रम बढ्न सक्छ । धेरै लसुन प्रयोगले छालाको समस्यासँगै पाचनमा पनि समस्या निम्त्याउन सक्छ ।
प्याज
प्याज पनि गरम प्रजातीको तरकारीमा पदर्छ । काँचो प्याजको सेवनले शरीरमा गर्मी पैदा हुन सक्छ । यसै कारण प्याजलाई जहिले पनि पकाएर खानु पर्दछ । यदि तपाईँ काँचो प्याज खाँदै हुनुहुन्छ भने कागतीको रस मिसाएर खान सकिन्छ । यसको सट्टा, सौम्य स्वाद भएको हरियो प्याज प्रयोग गर्न सकिन्छ ।
काउली
काउलीको पनि गर्मी प्रकृतिको तरकारी हो । काउली जाडो मौसमको लागि फाइदाजनक मानिन्छ । गर्मीमा काउलीको सेवनले गर्मी झनै बढाउने, आलस्य बढाउने, वाकवाकी लाग्ने अपच हुने र पाचन सम्बन्धी समस्या हुन सक्दछ ।
खुर्सानी
झोलिलो तरकारी तथा सलादमा धेरै प्रयोग हुने खुर्सानी गर्मी मौसममा राम्रो मानिन्न । खुर्सानी पनि तातो प्रजातीको तरकारीमा पर्ने भएकाले गर्मीमा धेरै पिरो खानाले पेट पोल्ने, अपच हुने, पिरो डकार आउने जस्ता समस्या देखिन सक्छ ।
बन्दा
बन्दा पौष्टिक तत्वले भरिपूर्ण भए पनि गर्मीमा यसको सेवनले पेटमा ग्यास जम्ने वा अपचको समस्या निम्त्याउन सक्छ । यदि यो तरकारी खानै पर्ने भए कम मात्रामा खानु उचित हुन्छ भने राम्ररी पकाएर मात्र उपभोग गर्नु राम्रो हुन्छ ।
डल्ले च्याउ
डल्ले च्याउ एक बहुपयोगी तरकारी हो । तर गर्मीमा यसले शरीरमा ताप उत्पादन गर्छ । डल्ले च्याउमा हुने सेलेनियम, खनिज जस्ता तत्वले शरीरमा अत्याधिक गर्मी पैदा गराउँछ । जसको कारण अपच र पेट सम्बन्धी समस्या निमत्याउन सक्छ । तर गर्मी याममा पाइने केही प्रजातिका च्याउ भने सही मात्रामा खान सकिन्छ ।
पालुंगो
पोषक तत्वले भरिपूर्ण हुन्छ पालुंगो तर तिनीहरूमा अक्सालिक एसिड धेरै हुने भएकाले क्याल्सियम अवशोषण रोक्न सक्छ र मृगौलाको पत्थरी बन्ने सम्भावना बढाउन सक्छ । पालुंगोको साग मध्यम मात्रामा मात्र खानु उचित हुन्छ । यसको सट्टा तोरी, रायो आदि हल्का साग खान सकीन्छ ।
अदुवा
गर्मी मौसममा अदुवा सेवन नगर्नु नै उचित हुन्छ । अदुवाको सेवन गर्दा शरीरमा बढी मात्रामा तापक्रम उत्पन्न हुन सक्छ । गर्मीमा गर्मी प्रजातीको अदुवा खादा थकान बढ्ने, मासंपेशीहरु दुख्ने, पेट पोल्ने जस्ता समस्या उत्पन्न हुन सक्छन् ।
( थप :- गर्मी मौसममा तीतो, हरियो तरकारी,काँक्रो, कुरिलो, मटरकोसा, आलु, गेडागुडी, धनियाँ, जस्ता तरकारी खान उपयुक्त हुन्छ । )
प्रतिक्रिया