ग्यास सिलिन्डर बिस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते,कीर्तिपुर अस्पतालमा उपचार हुँदै

ग्यास सिलिन्डर बिस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते,कीर्तिपुर अस्पतालमा उपचार हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट भएको छ ।गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमा जलेर घाइते भएका हुन्।

बुधबार राति करिब १० बजेतिर बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका भण्डारीको सचिवालयले जानकारी दिएको हाे।

अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ। सांसद् भण्डारीको अवस्था खतरामुक्त रहेको बताइएको छ।