एकाविहानै ९ वटा ग्यास सिलिण्डर विस्फोट, ३ वटा होटल पूर्णरुपमा नष्ट


जनकपुर – एकाविहानै जनकपुरस्थित एक होटलमा ९ वटा ग्यास सिलिण्डर विस्फोट भएको छ ।

होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२, कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

विहिबार विहान लगभग ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा भएको आगलगीबाट कति क्षति भयो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement