काँधमा ग्यासको सिलिण्डर बोक्ने जमाना गए, अव घरघरमा पाइपबाटै आउँछ : प्रधानमन्त्री ओली

काँधमा ग्यासको सिलिण्डर बोक्ने जमाना गए, अव घरघरमा पाइपबाटै आउँछ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेजस्तो अव काँधमा ग्यासको सिलिण्डर बोकेर खाना पकाउने जमाना गएको बताएका छन् ।

मंगलबार विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास उद्घाटन गर्दै ‘सिलिण्डर हटाउनु ठूलो कुरै होइन’, ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन। उनले भने अव घरघरमा पाइपबाटै ग्यास आउँछ ।

ग्यास सिलिण्डर हटाएर पाइपबाटै घरघरै ग्यास ल्याउने प्रतिवद्धता समेत जाहेर गरे। प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गरे। प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बाले। यहाँ पाइपबाट ३२ घरमा वायोग्यास जडान गरिएको छ ।