काठमाण्डु- स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्नका लागि पाँच दलीय गठबन्धनको बैठक बसिरहेको छ ।
स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो ।
उक्त बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् ।




प्रतिक्रिया