काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जस कारण सोमबार गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन ।
सोहि विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।




प्रतिक्रिया