गठबन्धन बैठकः सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई

गठबन्धन बैठकः सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा निर्णय गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई दिने निर्णय गरेको हो ।

कार्यदलले रिपोर्ट दिएपछि मात्रै सिटको टुंगो लाग्नेछ । सोमबारसम्म महानगर–उपमहानगरमा कुन दलले पाउने भन्नेबारे टुंगो लाग्ने माओवादी अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गठबन्धनको बैठकले गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल बनेको थियो । समितिले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिको भागबन्डाबारे निर्णय गर्ने अधिकारी दिइएको छ ।