एसपीपीबारे छलफल गर्न गठबन्धनको बैठक जारी


काठमाण्डु- सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा एसपीपी सम्झौताबारे छलफलमा जुटेका छन् । (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

आइतबार अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

अहिले बालुवाटारमा सत्ता गठबन्धनबीच एसपीपीबारे छलफल भइरहेको छ । प्रचण्ड, नेपाल र यादवबीच शनिबार भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने बताएका थिए । पछिल्लो समय एसपीपी सम्झौता विवादमा तानिएको छ । राजनीतिक दलहरुले एसपीपीको बारेमा एकले अर्कोलाई दोष लगाउँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement