राष्ट्रियसभा उम्मेदवारको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

राष्ट्रियसभा उम्मेदवारको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक


काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको भागबण्डा टुंग्याउन सत्तारुढ ३ दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा पहिले ३ दलको बैठक बस्ने र फेरि साँझ ५ बजे सत्तारुढ अन्य दलसहित बैठक बस्ने तय भएको बताए । गठबन्धनले आज शनिबारै भागबण्डा टुंग्याउने प्रयास गरेको जनाइएको छ ।