काठमाण्डु – सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक बोलाएका हुन् ।
बैठकमा गठबन्धन दलका शीर्ष नेता सहभागी छन् । कोशी प्रदेशमा गठबन्धनभित्रबाट भोट क्रस भएका कारण नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई हराएर नेकपा एमालेका उम्मेदवार जितेका थिए ।
बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे पनि छलफल हुने बताइएको छ ।




प्रतिक्रिया