वीरेन्द्र बस्नेतको पार्टीले पायो निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र

वीरेन्द्र बस्नेतको पार्टीले पायो निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

समाजशास्त्री दिनेश प्रसाईं अध्यक्ष रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ले सोमबार आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको हो । पार्टीका नेताहरूले सोमबार आयोगमा पुगेर प्रमाणपत्र लिएका छन् ।

पार्टीको महासचिवमा पियुषप्रसाद कायस्थ रहेका छन् भने बस्नेत सदस्य मात्र रहेका छन् ।

गत ३० असोजमा उनीहरूले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।