साढे ८ करोड खर्चमा बन्यो गाउँपालिकाको भवन

साढे ८ करोड खर्चमा बन्यो गाउँपालिकाको भवन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुमपश्चिम– ८ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ ।

विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई ७ करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी भइसकेको छ । तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।