रौतहट अशान्त, कर्फ्यु आदेश जारी (सूचनासहित)

रौतहट अशान्त, कर्फ्यु आदेश जारी (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ६ बुँदे सहमति विपरीत आगजनी र घरमा तोडफोड हुन थालेपछि रौतहट प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको छ।

स्थानीयको विवाहमा गएका हिन्दू समुदायको जन्ती र मस्जिदमा नवाज पढ्दै गरेका मुस्लिम समुदायबीच विवादबाट सुरु भएको घटनालाई राजनीतिक रूप दिन खोजिएपछि गौर तनावपूर्ण बनेको छ ।

गौर नगरपालिका–६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले शनिबार कर्फ्यु आदेश जारी गरेको हो।

नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कर्फ्यु आदेश तोकिएको छ।

शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए।

तर शनिबार बिहानदेखि विवाद सुरु भई झडप र आगजनी सुरु भएको हो । झडप हुँदा ६ जना घाइते भएका छन्।

प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन्। प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडीमा आगजनी गरेका छन् भने १२ वटा मोटरसाइकल तोडफोड गरेको रौतहट जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले बताए।