काठमाण्डु – रौतहटको सदरमुकाम गौर कारागारबाट मंगलबार राति फरार भएका कैदीहरूमध्ये १३ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। कारागार फुटाएर भारततर्फ भाग्ने क्रममा भारतीय सीमामा तैनाथ एसएसबी र भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भारत बैरगनिया थानाका प्रभारी उमाशंकर रजकले भने, नेपालबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेका विवेक मिश्र भारतकै बैरगनिया क्षेत्रकै एक हत्या प्रकरणका फरार अभियुक्त हुन्। उनलाई सीतामढी न्यायिक हिरासतमा पठाइएको छ भने बाँकी १२ कैदीलाई भारतीय प्रहरीले नियन्त्रणमा राखेको छ।’
उनले थपे, भारतीय उच्च अधिकारीहरूको निर्देशनपछि काउन्टरपार्टसँगको समन्वयमा कानूनी प्रक्रिया अगाडि बढाइनेछ।’




प्रतिक्रिया