गौरवका आयोजना सुस्त

गौरवका आयोजना सुस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ का राष्ट्रिय गौरवका आयोजनाले गति लिन सकेको छैन। प्रदेशकै लाइफलाइन मानिएको जोगबनी–किमाथांका सडकको ५० प्रतिशत काम भएको छ भने हुलाकी राजमार्गमा पुल निर्माण ठप्प छ।

निर्माण कम्पनीको लापरबाहीका कारण मध्यपहाडी लोकमार्गको काम सुस्त गतिमा छ। कोसी करिडोरमा प्रगति केही भए पनि लगानी कम छ।

झापाको चन्द्रगढीदेखि दाङको कोइलाबाससम्म निर्माणाधीन हुलाकी राजमार्गको झापा खण्डमा पुल निर्माण रोकिएको छ। खनिएका सडक भत्किएर ठूला–ठूला खाल्डा बनेका छन्।

पुल निर्माण रोकिँदा वर्षाका बेला स्थानीय खोला बीचबाट वारिपारि गर्नुपर्ने अवस्था छ। ठेकेदार कम्पनीले ढिलाइ गर्दा हुलाकी राजमार्गको निर्माण प्रभावित बनेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । ठेकेदार कम्पनीले निरन्तर काम नगर्दा निर्माणाधीन पुल चार वर्षमा सम्पन्न हुनुपर्नेमा ६ वर्ष बितिसक्दासम्म आधा पनि भएको छैन ।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।