उपरथी तण्डुल सेनाकाे रथीमा बढुवा सिफारिस

उपरथी तण्डुल सेनाकाे रथीमा बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले उपरथी गौरव तण्डुललाई रथी बढुवाका लागि सिफारिस गरेको छ।

सेनाका बलाध्यक्ष रथी शरद गिरीको अध्यक्षता बसेको बोर्ड बैठकले बरियताका आधामा तण्डुललाई रथीमा बढुवाका लागि सिफारिस गरेको हो। उक्त सिफारिसलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि सदर गरिसकेका छन्।

सेनाका दुई रथीमध्येको शक्तिशाली मानिने बलाधिकृत रथी हेमन्तराज कुँवर आगामी वैशाख ११ मा उमेर हदका कारण अनिवार्य अवकासमा जाने भएकाले उनको ठाउँमा रथी बढुवाको सिफारिस गरिएको हो। सेनामा रथीको उमेर हद ५८ वर्ष रहेको छ । अवकास हुन् १५ दिन अघि नै विदामा वस्नुपर्ने सैनिक परम्पराअनुसार कुँवर यही चैत २८ मा विदामा बस्ने तयारीमा छन्।

नेपाली सेनाबाट रथीका लागि सिफारिस भएपनि मन्त्रिपरिषद्बाट नियुक्त हुन बाँकी नै छ। रथीमा बढुवा सिफारिस भएका तण्डुल पनि अबकाे एक वर्षमा अनिवार्य अवकाश पाउँदैछन्।