काठमाण्डु– काठमाण्डुको गौशालामा यात्रुबाहक बस दुर्घटना हुँदा ८ वटा सवारी ठोक्किएका छन् । एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान ११ बजे दुर्घटनामा परेको हो।
बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका ८ वटा सवारी ठोक्किएका थिए ।
बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको छ ।
अनियन्त्रित बसका चालक भने फरार रहेको एसपी अपीलराज बोहोराले जानकारी दिए। बसले बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
प्रतिक्रिया