चितवन – धुर्मुस सुन्तली फाउन्डेसनले अढाई वर्षमा गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिसक्ने बताएको छ । बुधबार चितवनमा आयोजित धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउन लागेको पहिलो अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, कलकार तथा खेलप्रेमीहरूको उपस्थित रहेको छ।
कार्यक्रममा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच जग्गा सम्बन्धी सम्झौता भएको छ। भरतपुर महानगरपालिकाले २० विगाह ६ कठ्ठा जग्गा फाउन्डेनसलाई हस्तान्तरण गरेको छ। कृषि तथा वन विश्वविद्यालयले भोगचलान गरिरहेको उक्त जग्गा रंगशाला निर्माण गरिने भएसँगै महानगरमार्फत फाउन्डेसनलाई उपलब्ध गराउन सहमत भएको हो।
२० विगाहा ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला हुनेछ। गुरुयोजना तयार भएको २ बर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन्।
रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ। देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन्। धुर्मुस सुन्तली फाउन्डेसनले आगामी दुई बर्षभित्र बनाइसक्ने गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल भारत(पाकिस्तानबीच हुने भएको छ।




प्रतिक्रिया