वामदेव फकाउन प्रचण्ड भैसेपाटीमा,कुनै पक्षमा नलाग्ने अडान कायमै

वामदेव फकाउन प्रचण्ड भैसेपाटीमा,कुनै पक्षमा नलाग्ने अडान कायमै


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा पार्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सक्रिय भएका छन् । प्रचण्ड बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाख खनाल र नारायणकाजी श्रेष्ठलाई लिएर मंगलवार गौतम निवास भैसेपाटी पुगेका छन् ।

सोमबारसम्म कुनै पनि पक्षमा नखुलेका गौतमलाई आज बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरुले आग्रह गरेका छन् । तर उनले नेताहरुको आग्रहलाई अस्विकार गरेका छन् ।

भेटमा गौतमले आफु कुनै पक्षको बैठकमा सहभागी नहुने स्पष्ट पारेको उनि निकट स्रोतले जनायो । उनले  संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई भने गौतमले दुर्भाग्यपूर्ण बताएपनि आफु पार्टी एकताको लागी अन्तिम समयसम्म कतै नलाग्ने बताउंदै आएका छन् ।