गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम

गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ – नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा रहेको दाबी गरेका छन् ।

बुधबार प्रेस चौतारी नेपाल खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य गौतमले कांग्रेस सकेसम्म एकलौटी सरकार बनाउने, मधेसवादी दलको साथ लिएर कम्युनिस्ट बेगरको सरकार बनाउने वा केही नलागेको अवस्थामा मात्र माओवादी सहितको सरकार बनाउनेगरी रणनीतिमा अघि बढेको दाबी गरेका हुन् ।

‘शेरबहादुर मधेसवादी दलसहित आफ्नो बहुमत हुनेगरी मात्रै माओवादी र नेकपा (एस)लाई सिट दिँदैछ । निर्वाचनपछि देउवाले चाहेको अनुकूल सरकार बनाउने, माओवादी पनि सरकारमा बस्न नसक्ने परिस्थिति निर्माण गरेर जान खोज्दैछ,’ गौतमले भने, ‘प्रचण्ड कांग्रेसलाई बहुमत ल्याउन नदिने, एमालेलाई एउटा साइजमा ठेगान लाउने र आफू तेस्रो शक्तिका रूपमा आएर सरकार बनाउने मूल जड बन्ने भन्ने ठाउँमा छ ।’ गौतमले कांग्रेसका लागि नभै प्रचण्ड र माधव नेपालका लागि गठबन्धन चाहिएको बताए ।

अर्को प्रशंगमा गौतमले ‘एक हातमा सिँदुर र अर्को हातमा नागरिकता दिने’ नागरिकता विधेयक स्वीकार्य नहुने बताए । उनले नेपाली चेलीलाई बिहे गरेर इन्डिया लगेको अवस्थामा सात वर्षसम्म नागरिकता नपाउने तर त्यहाँको चेली बिहे गरेर ल्याएपछि ‘एक हातमा सिँदुर र अर्को हातमा नागरिकता दिने’ व्यवस्थासँग सहमत हुन नसकिने बताएका छन् ।