काठमाडौं – सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रादेशिक हवाई उडानलाई छुट दिने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को मुल आयोजक समितिको पाँचौं बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्य्यन मन्त्री योगेश भट्टराईले एक प्रदेशबाट आर्को प्रदेशमा उडान गर्ने आन्तरिक वायुसेवालाई सरकारले आगामी हप्ता १० दिन भित्रमा उडानमा छुट दिने मन्त्री भट्टराईले बताए ।
‘निर्माण अन्तिम चरणमा पुगेको भैरहवास्थित गौतमबुद्ध बिमानस्थलबाट उडान र अवतरण गर्ने विदेशी वायुसेवालाई पनि आकर्षक छुट दिइनेछ’ उनले भने । के कति छुट दिने भन्ने विषयमा पनि मन्त्री भट्टराईले १० दिन भित्रमा सरकारले निर्णय गर्ने जानकारी दिए ।




प्रतिक्रिया