गाजामा विनाशकारी अवस्था आउने चेतावनी, २० लाख मानिस भोकमरीमा

गाजामा विनाशकारी अवस्था आउने चेतावनी, २० लाख मानिस भोकमरीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले गाजामा विनाशकारी अवस्थाको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेयब्रेयससले गाजाको अवस्था विनाशकारी रहेको र २० लाख मानिसले भोकमरीको सामना गरिरहेका बताएका छन् ।

स्विट्जरल्यान्डको जेनेभेमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक गेयब्रेयससले डब्ल्यूएचओले अभूतपूर्व कोष चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरे । उनका अनुसार दाता देशहरूले उनीहरूको योगदान घटाउँदै गर्दा डब्ल्यूएचओको वित्तपोषणको इतिहासमा सबैभन्दा गम्भीर अवरोध भएको छ ।

यस्तै डब्ल्यूएचओको स्वास्थ्य आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक माइकल रायनले गाजाका बालबालिकाहरूको दिमाग र शारीरिक अवस्था बिथोलिएको जनाएका छन् । अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आग्रह गर्दै उनले अवस्था असहनीय रहेको बताए ।

रायनले गाजाका महिला र बालबालिकाहरूमा निमोनिया र मेनिन्जाइटिसका मामिलामा वृद्धि भएको पनि औँल्याएका छन् ।

यसैबीच गाजामा भान्सा सञ्चालन गर्दै आएका कम्पनीहरूले दुई महिनाको इजरायली नाकाबन्दीपछि केही दिनमै खाना सकिन सक्ने चेतावनी दिएका छन् ।