प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमण, ५० जनाको मृत्यु

प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमण, ५० जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ ।

उत्तरी गाजा पट्टीमा नागरिक घरहरूलाई लक्षित गरेर गरिएको इजरायली गोलाबारीमा मध्यरातदेखि आज बिहानसम्ममा मृतकको सङ्ख्या बढेर ५० पुगेको हो ।

‘हाम्रा टोलीहरू अझै ती क्षेत्रहरूमा काम गरिरहेका छन्’, नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैयरले भने ।

उत्तरी सहर बेइत लाहियास्थित इन्डोनेसियाली अस्पतालका एक चिकित्सकले अधिकांश बालबालिका र महिलासहित ३० मृतक र दर्जनौँ घाइतेलाई अस्पतालमा ल्याइएको बताए ।

जबालियाको अल–अवदा अस्पतालका कार्यवाहक निर्देशक मोहम्मद सालेहका अनुसार अस्पतालमा बमबारीले पाँच जनाको मृत्यु भएको छ भने ‘७५ भन्दा बढी घाइते’ भएका छन् ।

“इजरायली कब्जाकारीहरूले मेरो घर नजिकैको घरमा बम हाने, यसका बासिन्दाहरू भित्र हुँदा सिधै प्रहार गरे”, बेइत लाहियाको पश्चिमी अल–सलातिन क्षेत्रका ४० वर्षीय युसुफ अल–सुल्तानले ‘हवाई आक्रमण, तोपखाना गोलाबारी र क्वाडकप्टर ड्रोनहरूबाट गोलीबारी’ को रिपोर्ट गर्दै भने, “नागरिकहरू बीच ठूलो विस्थापनको लहर छ । मध्य रातमा डर र त्रासले हामीलाई समातेको छ ।”