भोकभोकै मर्छन् गाजाका बालबालिकाहरू

भोकभोकै मर्छन् गाजाका बालबालिकाहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बालबालिकाहरूले खासै हेर्दै हेरेनन् । हुन पनि मृतकहरूका माझ, मर्न लागेकाहरू माझ अनि मर्न पर्खिरहेकाहरू माझ बाँचिरहेका यी बालबालिकालाई के ले पो आश्चर्य दिलाउला? भोकले यिनीहरू कमजोर हुँदै छन् ।

थोरै खानाका लागि यी लाइन लाग्छन् । कहिले त्यो पनि पाउँदैनन् । तिनको भोक अनि तिनको मृत्यु र त्यसपछि तिनलाई – वा तिनको बचेखुचेको शरीरलाई सेतो कपडाले बेरेको जसमा थाहा भएको खण्डमा तिनको नाम पनि अङ्कित गरिन्छ छन् ।

१९ महिनादेखिको युद्ध र हालै इजरायलले चर्काएको सैन्य कारबाहीका माझ गाजामा बालबालिकाहरूको क्रन्दन सुनिदिने कोही छैन ।

यो महिनाको सुरुमा खान युनिसस्थित नासर अस्पतालमा शिशुको कुपोषित र थकित रुवाईले कसैलाई छटपटी लाग्दैन । किनभने सबैको समस्या र भोगाइ एउटै हो ।

कुपोषणको प्रकोप

गाजाका डाक्टरहरूले कैयन् महिलाहरूले पोषणको अभावमा तिनको बालबच्चालाई स्तनपान गराउन नसकेको बताउँछन् ।
खाना र सफा पानी सबभन्दा ठूलो समस्या बनेको छ ।

मे २२ मा इजरायली सेनाको निकाय कोगाटले गाजामा खाद्य अभाव नभएको बताएको थियो । शिशुका खानेकुरा तथा बेकरीहरूका लागि चाहिने पिठोको उल्लेखनीय परिमाण ल्याएको दाबी गरियो । उक्त निकायले हमासले सहयोग सामग्री चोर्ने गरेको बारम्बार बताएको छ ।

इजरायली सरकारले हमास नष्ट नभएसम्म अनि गाजामा बन्धक बनाइएका इजरायलीहरू मुक्त नभएसम्म युद्ध जारी रहने भनेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार खानेकुराको अभाव छैन भन्ने कोगाटको भनाइलाई सहायता संस्थाहरू, संयुक्त राष्ट्रसङ्घ अनि ब्रिटेनसहित कतिपय विदेशी सरकारहरूले अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि गाजामा मानिसहरू भोकले सताइएका टिप्पणी गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले इजरायलले गाजामा जान दिएको सहयोगको परिमाणलाई एक चम्चा भनेका छन् । ‘यो निर्दयी युद्धको सबभन्दा निर्दयी चरणबाट प्यालेस्टीनीहरू गुज्रिरहेका छन्’, उनले उल्लेख गरेका छन् । गाजामा सर्वत्र इन्धन, आवास, सफा पानी, खाद्यान्न र औषधि सबैको चरम अभाव छ ।

राष्ट्रसंघका अनुसार गाजाको ८० प्रतिशत भूभाग या त इजरायली सैन्यीकृत इलाका हो वा त्यस्तो इलाका हो जहाँबाट मानिसहरूलाई अन्यत्र जान आदेश दिइसकिएको छ ।