गाजा कब्जा गर्न अघि बढ्यो इजरायली सेना

गाजा कब्जा गर्न अघि बढ्यो इजरायली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायली सेनाले गाजा शहरलाई पूर्णरूपमा नियन्त्रण गर्ने योजना अनुसारको स्थल आक्रमणको प्रारम्भिक चरण सुरु गरेको छ । योजनाअनुसार इजरायली सेनाले गाजा शहरको छेउका इलाकामा आफ्नो नियन्त्रण कायम गरिसकेको छ ।

प्यालेस्टिनी नागरिकमा हुने असरलाई लिएर इजरायलको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरबाट कडा विरोध भइरहेको छ । तर इजरायलले हमास लडाकुहरुलाई निमिट्यान्न नपारेसम्म आफ्नो अभियान नरोकिने जनाउँदै आएको छ ।

इजरायली सैन्य प्रवक्ताका अनुसार सैनिकहरू जेतुन र जबालिया क्षेत्रमा खटिएका छन्, जहाँ रक्षामन्त्री इस्राइल कात्जले मंगलबार स्वीकृति दिएका क्षेत्रमा आक्रमणको तयारी गरेको छ । यो योजना सुरक्षा परिषद्मा यसै हप्ता पेस गरिनेछ ।

यो अभियानका लागि करिब ६० हजार आरक्षित सैनिकहरूलाई सेप्टेम्बरको सुरुवातदेखि बोलाउने तयारी रहेको उल्लेख गरिएको छ ।

हामासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गर्दै निर्दोष नागरिकमाथि क्रुर युद्ध जारी राखेको आरोप लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गाजा शहरका हजारौं प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणतर्फका सुरक्षात्मक शिविरहरूमा जान आदेश दिइएको छ ।

इजरायलका केही सहयोगी राष्ट्रहरूले यसको योजना आलोचना गरेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोनले बुधबार चेतावनी दिँदै यो योजना दुवै पक्षका लागि विनाशकारी हुने बताएका छन् ।

यता, अन्तर्राष्ट्रिय रेड क्रस समितिले (आईसीआरसी०)ले पनि थप विस्थापन र द्वन्द्व तीव्र भएमा गाजाका २.१ करोड जनसङ्ख्याका लागि भयावह अवस्था आयने चेतावनी दिएको छ ।

इजरायली सरकारले गाजा पट्टीलाई पूर्णरूपमा कब्जा गर्ने योजना त्यतिबेला घोषणा गरेको हो, जब हामाससँग भएको अप्रत्यक्ष युद्धविराम र बन्धक मुक्तिको वार्ता गत महिना असफल भएको छ ।