गाजा नियन्त्रण गर्ने इजरायली सरकारको निर्णयविरुद्ध व्यापक प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गाजा शहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिने इजरायली सुरक्षा क्याबिनेटको निर्णयको विरोधमा जेरुसेलममा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले जेरुसेलमको सडकमा नाराजुलुससहित प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासतर्फ मार्च पास गरेका थिए ।

इजरायलका पूर्व सैनिक म्याक्स क्रेसले एक समूहलाई साथमा लिएर मार्च पास गरेका थिए । उनले इजरायली उक्त निर्णय अस्वीकार गर्ने बताएका छन् ।

इजरायलको तेल अविवसहित हाइफा लगायका कैयौं शहरमा विरोध प्रदर्शन भएको छ । इजरायलको गाजा शहरलाई नियन्त्रणमा लिने निर्णयलाई लिएर संयुक्त राष्ट्र संघका साथै बेलायत, फ्रान्स, अस्ट्रेलिया, टर्कीए, जर्मनी, फिनल्यान्ड र क्यानडासमेत कैयौं देशले विरोध गरेका छन् ।

इजरायली सेनाले गाजा शहरमा नियन्त्रण र युद्ध अन्त्यका लागि काम गर्ने बताएको छ ।

राष्ट्रसङ्घले इजरायलको यो कारबाही गाजामा इजरायली बन्धक र प्यालेस्टाइनी नागरिकका लागि विनाशकारी परिणाम हुने चेतावनी दिइसकेको छ ।

इजरायली सुरक्षा परिषद्‌लेउ शुक्रबार गाजा शहरमा नियन्त्रण गर्ने प्रधानमन्त्री नेतन्याहूको योजनालाई अनुमोदन गरेको थियो ।
इजरायली सेनाले गाजा शहर नियन्त्रण र युद्ध अन्त्य गर्न सुरक्षा परिषद्‌ले दिएको पाँच चरण अन्तर्गत काम गर्ने जनाएको छ ।

गाजा शहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिने इजरायली सुरक्षा क्याबिनेटको निर्णयको विरोधमा जेरुसेलममा प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीले जेरुसेलमको सडकमा नाराजुलुससहित प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासतर्फ मार्च पास गरेका थिए ।

इजरायलका पूर्व सैनिक म्याक्स क्रेसले एक समूहलाई साथमा लिएर मार्च पास गरेका थिए । उनले इजरायली उक्त निर्णय अस्वीकार गर्ने बताएका छन् ।

इजरायलको तेल अविवसहित हाइफा लगायका कैयौं शहरमा विरोध प्रदर्शन भएको छ । इजरायलको गाजा शहरलाई नियन्त्रणमा लिने निर्णयलाई लिएर संयुक्त राष्ट्र संघका साथै बेलायत, फ्रान्स, अस्ट्रेलिया, टर्कीए, जर्मनी, फिनल्यान्ड र क्यानडासमेत कैयौं देशले विरोध गरेका छन् ।

इजरायली सेनाले गाजा शहरमा नियन्त्रण र युद्ध अन्त्यका लागि काम गर्ने बताएको छ । राष्ट्रसङ्घले इजरायलको यो कारबाही गाजामा इजरायली बन्धक र प्यालेस्टाइनी नागरिकका लागि विनाशकारी परिणाम हुने चेतावनी दिइसकेको छ ।