जीबी राईको राहदानी रद्द गर्न मिल्दैन : राहदानी विभाग

जीबी राईको राहदानी रद्द गर्न मिल्दैन : राहदानी विभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राहदानी विभागले सहकारीको बचत अपचलन तथा ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न नमिल्ने बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पठाएको पत्रको जवाफ अनौपचारिक रूपमा दिँदै विभागले राईको राहदानी रद्द गर्न नमिल्ने जानकारी दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दा चलपछि फरार राईको नाममा प्रहरीको अन्तर्राष्ट्रिय संगठनमार्फत रेड नोटिस जारी भएको थियो ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले अहिलेसम्म फाइनल निर्णय नभए पनि राईको राहदानी रद्द गर्नुपर्ने कारण नदेखिएको जानकारी दिए ।

आफूहरूले रद्द गर्नुपर्ने आधार नदेखेको र अब कानुन व्यवसायीसँग छलफल गरेर औपचारिक निर्णय लिने जनाकारी अर्यालले दिए ।

यसअघि मलेसियामा रहेका जीबी संयुक्त अरब इमिरेट्स (युएई) पुगेको सूचना प्राप्त भएपछि राहदानी नै रद्द गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको थियो। उनको राहदानी रद्द गर्न जिल्ला अदालत, कास्कीले पनि अस्वीकार गरेको थियो।

अर्बौं ठगी गरेर भागेका जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ।