जेनजी प्रदर्शनमा २ जना प्रहरीको मृत्यु भएको पुष्टि

जेनजी प्रदर्शनमा २ जना प्रहरीको मृत्यु भएको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।

मंगलबार जेनजीले गरको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् । उनले हालसम्म दुई जना प्रहरीको मृत्यु भएको पुष्टि भएको बताए ।

बाँकी कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म विवरण नआएको उनको भनाई छ ।