अलपत्र भयो जेनजी सहिद स्मारकको काम

अलपत्र भयो जेनजी सहिद स्मारकको काम


काठमाण्डु- अन्तराष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा निर्माण थालिएको जेनजी स्मारकको काम अलपत्र परेको छ ।

भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ सहिदमध्ये ४२ जनाको सालिक सहित निर्माण गर्न लागिएको जेनजी सहिद स्मारकको काम केही समय अघिदेखि अलपत्र परेको हो ।

हाल निमार्ण ठप्प रहेको स्मारक तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद राखेपको १२ औ बोर्ड बैठकले परियोजनाको काम अघि बढाएको थियो । सो परियोजनाको बैठकमा पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि स्मारकलाई ऐतिहासिक तथा मौलिक नेपाली शैलीमा निर्माण गर्ने योजना रहेको छ।

जेनजी आन्दोलनका सहिदहरूको सम्झनालाई संस्थागत गर्दै उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले स्मारकको निर्माणको अवधारणा अघि सारिएको हो।

स्मारकमा आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ सहिदका सालिक स्थापना गर्ने, स्मृति स्थल निर्माण गर्ने तथा सहिदहरूको योगदान झल्काउने विभिन्न संरचना राख्ने योजना छ। तर निर्माण कार्य रोकिएसँगै परियोजनाको भविष्य अन्योलमा परेको देखिन्छ।