काठमाण्डु – जेन जी समूहले आफ्ना सम्झौतापत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै छन्।
जेन जी मुभमेन्ट अफ अलायन्सका अगुवा अमित खनालका अनुसार प्रधानमन्त्री कार्कीलाई आफ्ना सम्झौतापत्र बुझाउन लागेका हुन्।
खनालका अनुसार तीनवटा जेन जी समूहहरूबीच सहमति गरेर सम्झौतापत्र तयार भएको हो ।
जेन जी मुभमेन्ट अफ अलायन्स, द काउन्सिल अफ जेन जी र जेन जी फन्ट, घाइते र सहिद परिवारका प्रतिनिधिहरूले माग पत्र तयार पारेका हुन् । तयार पारिएको पत्रलाई शुक्रबार प्रधानमन्त्रीलाई बुझाइने छ ।




प्रतिक्रिया