काठमाण्डु– जेनजीले सुरु गरेको आन्दोलन देशव्यापी बन्दै गएको छ। जेनजीले सातै प्रदेशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । यस्तैमा उनीहरुले विभिन्न नेता कार्यकर्ता तथा सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
कोशी प्रदेशका शहरमा बिहानैबाट आन्दोलन जारी छ ।
झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । हिजो पनि पार्टी कार्यालयमा तोडफोड भएको थियो ।
यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेलिएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक तोडफोड गरेका छन् ।
यता जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् ।
यस्तै कञ्चनपुरको महेन्द्रनगरमा टायर बालेर युवा प्रदर्शनमा उत्रिएका छन्। आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड गरेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालय, नेकपा एमाले र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगलागीको प्रयास, भीमदत्त नगरपालिका मूल प्रवेशद्वारमा ढुङ्गामुढा गरेका छन् ।




प्रतिक्रिया