काठमाण्डु – सिंहदरबारमा होहल्ला गरेको आरोपमा प्रहरीले घाइते जेनजीहरूलाई पक्राउ गरेको छ ।
आईतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार पुगेका घाइते जेनजीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जेनजी आन्दोलन हाइज्याक भएको भन्दै चर्काचर्की गर्न थालेपछि प्रहरीले घाइतेहरूलाई पक्राउ गरेको छ । घाइतेहरूले हामी नेपालका संयोजक सुदन गुरुङप्रति आक्रोश व्यक्त गरिरहेका थिए ।




प्रतिक्रिया