काठमाण्डु – पहिलो जेन जी सहिद दिवसका अवसरमा अमेरिका, बेलायत र जापानले शुभकामना दिएका छन् ।
ती देशहरूले मंगलबार सामाजिक सञ्जालमार्फत जेन जी सहिद दिवसको अवसरमा शुभकामना दिएका हुन् ।
गत वर्ष भदौ २३ र २४ गते जेन जी विद्रोह भएको थियो । विद्रोहमा निधन भएकाको नाममा सरकारले मंगलबार जेन–जी विद्रोह शहीद दिवस मनाउने निर्णय गर्नुका साथै सार्वजनिक बिदा पनि दिएको छ ।
यस अवसरमा नेपालस्थित अमेरिकी, बेलायती र जापानी दूतावासले शुभकामना दिएको हो।
अमेरिकाले शुभकामना दिँदै भनेको छ, ‘नेपालका युवाको समृद्ध एवं आशाजनक भविष्यको आकांक्षाप्रति सम्मन व्यक्त गर्दछौँ ।’
अमेरिकाले यो स्मृति दिवस हालका विनाशकारी बाढीपश्चात् विश्वभरका विभिन्न समुदाय नेपालसँगै शोकमा रहेको समयमा आएको जनाउँदै साझा शोकको यस घडीमा अमेरिका नेपालका जनताको अटल मित्र तथा साझेदारका रूपमा अडिग रहेको स्पष्ट पारेको छ ।
त्यस्तै, बेलायती दूतावासले पनि आन्दोलनको क्रममा ज्यान गएका युवालाई श्रदाञ्जलि दिएको छ भने आफन्त तथा परिवारजनलाई समवेदना प्रकट गरेको छ । ‘यस घडीमा बेलायत नेपालका जनतासँग साथमा रहेको छ’ बेलायतले भनेको ।
जापानी दूतावासले पनि शुभकामना दिँदै भनेको छ, ‘नेपाली युवापुस्ताको आशा र आकाक्षाहरू बिर्सिइने छैन ।’
‘नेपालको युवा पुस्ताका आशा र आकांक्षाहरूलाई बिर्सिइने छैनन्, र संविधानअन्तर्गत लोकतन्त्र, स्वतन्त्रता, समावेशिता तथा सामाजिक न्याय कायम राख्न नेपाली जनताले गर्दै आएको अडिग प्रयासको हामी सम्मान गर्छौ’, जापानले भनेको छ ।




प्रतिक्रिया