काठमाण्डु – जेन जी पुस्ताले गरिरहेको प्रदर्शनका कारण काठमाण्डुको मुख्य सडक अवरुद्ध भएका छन् ।
माइतीघरमा भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा भइरहेको प्रदर्शनका कारण माइतीघर-बानेश्वरसहितका मुख्य सडक अवरुद्ध बनेको छ। माइतीघरबाट थापाथली, पुतलीसडक र बानेश्वरतर्फ जाने तीन वटै सडक जेन–जी पुस्ताले ढाकेका छन्।
प्रदर्शनका कारण अहिले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।




प्रतिक्रिया