जेनजी शहीद दिवसः जलेको संसद् भवन परिसरमा आयोजित कार्यक्रममा मन्त्रीहरुको लस्कर

जेनजी शहीद दिवसः जलेको संसद् भवन परिसरमा आयोजित कार्यक्रममा मन्त्रीहरुको लस्कर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गत वर्ष आजकै दिन जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा देशभर ‘जेनजी शहीद दिवस’ मनाइँदै छ ।

शहीदहरूको स्मरणमा नयाँ बानेश्वरस्थित जलेको पुरानो संसद् भवन परिसरमा जेनजी शहीद कल्याणकारी समाजले विशेष स्मृति कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सरकारका मन्त्री, सांसद तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका छन् ।

कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र कृषिमन्त्री गीता चौधरीलगायतको उपस्थिति छ ।

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल पनि कार्यक्रममा सहभागी छन् ।

सरकारले जेनजी आन्दोलन भएको २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज सार्वजनिक बिदासमेत दिएको छ । देशभर विभिन्न कार्यक्रम गरी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको योगदानको स्मरण गरिँदै छ ।

गत २३ भदौमा काठमाण्डुमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।

त्यसको भोलिपल्ट २४ भदौमा घटनाको विरोधमा राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्श
न चर्किएको थियो ।

दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाले ज्यान गुमाएका थिए ।

आन्दोलनका क्रममा सर्वोच्च अदालत र संघीय संसद भवनसहित सरकारी तथा निजी सम्पत्ति, स्थापित व्यापारिक प्रतिष्ठान, सञ्चार माध्यमका कार्यालयमा आगजनी र तोडफोडका घटनासमेत भएका थिए ।