माइतीघरबाट जनेजी युनाइटेडका ५० जना प्रक्राउ

माइतीघरबाट जनेजी युनाइटेडका ५० जना प्रक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डुको माइतीघरबाट ५० जना जेन जी युनाइटेडका युवाहरूलाई पक्राउ गरेको छ ।

स्थानीय प्रशासनबाट अनुमति नलिइ शनिबार माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाण्डुले नियन्त्रणमा लिएको हो।

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुठभेड हुने भएकाले प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाण्डुले जनाएको छ।

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाण्डुबाट अनुमति माग्दा नपाएको बताए। उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए।